मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

जापानको हरितगृह ग्यास उत्सर्जनमा न्यून रेकर्ड

जापानको हरितगृह ग्यास उत्सर्जनमा न्यून रेकर्ड


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font
  • change font

टोकियो । जापानमा आर्थिक वर्ष सन् २०२२ मा हरितगृह ग्यास उत्सर्जनमा कमी आएको सरकारी तथ्याङ्कले देखाएको छ । यहाँको कार्बनडाइअक्साइड उत्सर्जनमा अपेक्षित कमी आएको अर्थात् एक हजार १३५ मिलियन टनको न्यून रेकर्डमा झरेको बताइएको छ ।

पर्यावरण मन्त्रालयले सन् १९९० मा यससम्बन्धी तथ्याङ्क सङ्कलन सुरू गरिएदेखि मार्च सन् २०२३ सम्मको एक वर्षको अवधिमा पहिलोपटक उत्सर्जनमा न्यूनता देखिएको हो । आर्थिक वर्ष २०२१ को तुलनामा यो उत्सर्जन मात्रा २.५ प्रतिशत वा २८.६ मिलियन टनले घटेको तथ्याङ्कमा उल्लेख छ ।

Advertisement

मन्त्रालयले कोभिड–१९ महामारीका कारण सङ्कटग्रस्त अर्थतन्त्रमा सुधारका लागि बढाइएका औद्योगिक गतिविधिका कारण आर्थिक वर्ष सन् २०२१ मा उत्सर्जन बढेको थियो तर हरित गृह उत्सर्जन नियन्त्रणका लागि निरन्तरको प्रयासपछि यसमा गिरावट आएको हो ।

व्यावसायिक र अन्य व्यापारिक प्रतिष्ठानहरूमा उत्सर्जनमा ४.७ प्रतिशतको गिरावटसँगै १७९ मिलियन टनमा झरेको र गत वर्षको तुलनामा उच्च तापक्रमबीचमा कम मागको कारण घरपरिवारबाट हुने उत्सर्जनमा १.४ प्रतिशतले कमी आई १५८ मिलियन टनमा झरेको देखिएको छ ।

यसैबीच, सवारी साधनलगायत यातायात क्षेत्रको उत्सर्जन ३.९ प्रतिशतले बढेर १९२ मिलियन टन पुगेको छ ।

आर्थिक वर्ष सन् २०३० सम्म जापान सरकारले सन् २०१३ को स्तरबाट ४६ प्रतिशतले उत्सर्जन घटाउने र सन् २०५० सम्म शून्य उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ । मन्त्रालयले सन् २०२२ मा सन् २०१३ को तुलनामा हरित गृह उत्सर्जनमा २२।९ प्रतिशतले कमी आएको जनाएको छ । सिन्ह्वा

शेयर गर्नुहोस:

0
Shares