हिमालयखवर संवाददाता
अमेरिका-
अमेरिकामा रही संस्कृत भाषा साहित्य, पूर्वीय दर्शन, आध्यामित्मक चिन्तन एवं धर्म संस्कृतिलाई प्रवर्दन गर्न विश्व अध्यात्म केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । उक्त संस्थाको संयोजकमा पीपलमणि सिल्देल (न्युयोर्क) चुनिनुभएको छ । संस्कृत भाषा साहित्य, पूर्वीय धर्मदर्शन एवं आध्यात्मिक जागरणका लागि विश्वव्यापीरुपमा संगठित हुदैं सांगठनिक स्वरूप दिन केन्द्र स्थापना गरिएको हो ।
संस्थाका सदस्यमा चूडामणि पाठक (क्यालिफोर्निया) तुलसीराम कंडेल (टेक्सस), डिल्लीराम आचार्य (न्यूजर्सी) श्रीहरि कंडेल (न्यूजर्सी) राजेन्द्र खनाल (भर्जिनिया) गोकुल सापकोटा (न्यु योर्क) जगदीश आचार्य (विस्कन्सास) बद्री सापकोटा (इन्डियाना) रहेका छन् ।
संयोजन समितीले आगामी बैठकमा संस्थाको लोगो तथा विधान तयार गरी निर्णयार्थ पेश गर्ने र अमेरिकामा ५०१ सी अन्तर्गत संस्था दर्ता गर्न आवश्यक कार्य अघि बढाउने निर्णय भएको छ । संयोजन समितिले संस्थाको उद्देश्यमा सहभागी हुन इच्छुक महानुभावलाई संस्थाको सदस्य एवं सल्लाहकारको रुपमा संगठित गर्दै जाने र संस्था दर्ता गरिसकेपछि तदर्थ समितिको रूपमा विधानत पुर्नगठन गर्ने निर्णय पनि गरेको छ ।






प्रतिक्रिया