जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले शुक्रबार युद्धग्रस्त गाजामाउपचारको लागि उद्धारको पर्खाइमा रहेका एक हजारभन्दा बढी बिरामीको मृत्यु भएको जनाएको छ । संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले एक्समा भने, “संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूले युद्ध सुरु भएदेखि दुई वर्षभन्दा बढी समयमा ‘गम्भीर स्वास्थ्य समस्या भएका १० हजार ६०० भन्दा बढी बिरामीहरूलाई गाजाबाट उद्धार गरेका थिए,…