न्युयोर्क- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनका असर अपेक्षा गरिएभन्दा चाँडै देखा परिरहेको र झन् गम्भीर बन्दै गएको चेतावनी दिएका छन्। अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा बुधबार सम्बोधन गर्दै गुटेरेसले जलवायु संकट अब टाढाको चेतावनीमा सीमित नरही दैनिक जीवनको वास्तविकता बनिसकेको बताए। उनले युद्ध र शान्ति, असमानता तथा कृत्रिम बौद्धिकतासँगै जलवायु परिवर्तनलाई…