ब्रसेल्स । युक्रेनमा रुसको युद्धका कारण उत्पन्न ऊर्जा मूल्य सङ्कटको सामना गर्न यूरोपेली संघ (इयू) ले ग्यासको खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना मङ्गलबारदेखि लागू भएको छ । दुई साताअघि २७ राष्ट्रसम्मिलित यूरोपेली संघ (इयू) ले सहमति गरेको उक्त योजनालाई समेटेर ईयूको नियम सोमबार युरोपेली सङ्घको आधिकारिक प्रशासनिक पत्रमा प्रकाशित गरिएको छ । …