मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

संस्थापकहरुसंग इतिहास खोतल्ने अन्तरक्रिया

संस्थापकहरुसंग इतिहास खोतल्ने अन्तरक्रिया

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रावासमा नेपालीहरुको घनत्व बढ्दै जाँदा नेपालीहरुको संस्था खुल्ने क्रम पनि बढ्दै गइरहेको छ। प्रवासका नेपालीहरुको संस्थाहरुबीच छुट्टै पहिचान भएको ह्युस्टनस्थित नेपालीहरुको संस्था नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) ले आफ्नो स्थापनाको करिब २२ वर्ष पुरा गरिसकेको छ।
संस्थाको इतिहास खोतल्ने र वर्तमानसंग त्यसको साक्षात्कार गर्ने जमर्को गरेर एनएएचले गएको शनिवार ह्युस्टनमा पूर्व कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुसंग एक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको थियो।
 
आफू जहाँ बस्यो त्यहीं नेपालीहरु संगठित भइहाल्छन्। १९८४ मा ह्युस्टन आएका, संभवत ह्युस्टनमा चिनिएका नेपालीहरुमा सबभन्दा पुराना विनोद श्रेष्ठ र १९९१ पछि आएका नारायण अर्याल, दिनकर अमात्य, अखिल ढुङ्गाना, प्रद्युम्न श्रेष्ठ, डा. राजेन्द्र श्रेष्ठ, मधुकर अमात्य, बाबुराम खरेल, शैलेश सिग्देल, निर्मल श्रेष्ठ, इरोज घिमिरे, संजय श्रेष्ठ, विज्ञान शर्मा, मधुकर अमात्य लगायतले नेपालीहरुलाई संगठित गर्ने उद्देश्यले शुरु गरेको अनौपचारिक कोठे भेटघाट सन् २००० मा आएर संस्थागत भएको थियो। संस्था दर्ता हुने बेलासम्म आइपुग्दा डा. राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सन् २००० मा एनएएचको पहिलो कार्यसमिति बन्यो। 

सन् २००० बनेको संस्थाको संस्थापकहरु मध्ये केही अझै कार्यसमितिमा रहेर समुदायका लागि सेवा दिइरहेका छन् भने केही संस्थाको सल्लाहकार, संस्थापकको हैसियतमा निरन्तर एनएएचमा संलग्न भइरहेका छन्। १९८४ देखि ह्युस्टनमा रहेका अग्रज विनोद श्रेष्ठ सहित ह्युस्टनमा उपलब्ध ११ जना संस्थापकहरुका कुरा सुन्ने मौका जुराएकोमा पुराना र नयाँ सबै सदस्यहरुले  एनएएचलाई धन्यवाद दिएका थिए। 

इतिहास र वर्तमानको संगमका रुपमा लिइएको र निकै प्रतिक्षित कार्यक्रम अधिकांश पूर्व सदस्यहरुको सहभागिता रहेको थियो। पूर्व अध्यक्ष मधुकर अमात्यको भनाइ अनुसार संस्थापकहरुको रगतमै एनएएच भएकाले एनएएच संधै सक्रिय र जीवन्त संस्था बन्न सकेको हो। उनको भनाइलाई सम्मान गर्दै कैयन सहभागीहरुले भने अब एनएएचलाई युवाहरुको संलग्नता जरुरी भएको र सबैको सहभागिताका लागि एनएएचले पहल गर्नु पर्ने सुझाएका थिए। पूर्व पदाधिकारीहरले पनि अब एनएएचलाई अग्रजहरुको संरक्षत्व र युवाहरुको नेतृत्व जरुरी भएको बताएका थिए। पूर्व प्रथम उपाध्यक्ष समिर रावल, पूर्व सदस्यहरु अजित गोर्खाली, बिटु केसी, आइरिन अमात्य, सुवास सिंखडा लगायतले संस्थालाई थप पारदर्शी र बृहत एवं समावेशी बनाउन अध्यक्ष/सचिव जस्ता पदहरुमा एजेण्डा सहित आउने वातावरण हुनु पर्छ भन्ने एनएएचलाई सुझाएका थिए। 

एनएएचका अध्यक्ष डा. विष्णु नेपालले एनएएचको स्थापनादेखि हालसम्मका महत्वपूर्ण गतिविधिहरु प्रस्तुत गरेर एनएएचको इतिहासलाई पूनर्ताजगी गराएका थिए भने कार्यक्रम संचालक उपाध्यक्ष द्रोण गौतमले बेला बेला अग्रजहरुका उल्लेखनीय कामको पूनर्स्मरण गराइरहेका थिए। संस्थापक देखि पूर्व कार्यसमितिका सबैको योगदानका लागि सम्मान-पत्र (Plaque) समेत प्रदान गरिएको कार्यक्रममा प्रथम उपाध्यक्ष रविन श्रेष्ठले स्वागत गरेका थिए भने सचिव प्रशान्ति पण्ढितले सहभागिताका लागि सबै अग्रज एवं एनएएचका पूर्व कार्यकारी समितिका सदस्यहरुलाई धन्यवाद ज्ञापन गरिकी थिइन्।