मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

टेक्ससमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस, अमेरिका । टेक्ससको अर्भिङस्थित नेपाली मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्र, अर्भिङको सभाहलमा २१ अगस्ट २०२२, आइतबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सो स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । हिमालय हेल्थ क्लिनिक र टेक्सस नेपालिज मेडिकल एसोसिएसनको संयुक्त आयोजना एवम् नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्र र नेपाली समाज टेक्ससको विशेष सहयोगमा सो शिविर सञ्चालन गरिएको हो ।

सो स्वास्थ्य शिविरमा सय जनाले आफ्नो निःशुल्क स्वास्थ्य जाँच गराएका थिए । शिविरमा स्वास्थ्य जाँच गराउनेहरू अग्रिम रजिस्टर गरेका ५६ जना थिए भने सिधै गएर जाँच गराउने ४४ जना थिए । सो शिविरमा विशेषगरी नेपालबाट भिजिटिङ भिसामा अमेरिका आउनुभएका बुबा-आमालगायत विद्यार्थी एवम् विविध कारणवश हेल्थ इन्स्योरेन्स नभएका व्यक्तिहरूले स्वास्थ्य जाँच गराएका थिए ।

सो शिविरमा ग्याँस्ट्रोन्टोरोलोजिस्ट डा. सञ्जीव श्रेष्ठ, फेमिली फिजिसियन डा. युवराज भट्टराई, न्युरोलोजिस्ट डा. विष्णु सापकोटा, इन्टरनल मेडिसिन डा. विश्वास उपाध्याय, डेन्टिस्ट डा. शर्मिला श्रेष्ठ, डेन्टिस्ट डा. पुजा सैंजू, फेमिली फिजिसिएन डा. रजनी श्रेष्ठ र रिउम्याटोलोजिस्ट डा. रोजी राजभण्डारीले स्वयंसेवकको रुपमा सेवा दिएका थिए । साथै, डा. अनुज कँडेल भिजिटिङ डाक्टरको रुपमा रहेका थिए । 

यसैगरी, नर्स स्वयंसेवकहरू कमला अधिकारी, गोपिनी दाहाल, निर्मला लामिछाने, रञ्जु शर्मा, रेखा शर्मा, सामाना श्रेष्ठ र सम्झना सिलवालले सेवा दिएका थिए भने फर्मासिस्टसम्बन्धी सेवा बिनम्र न्यौपानेको रहेको थियो ।

यस्तै, शिविरको प्रबन्ध भने टेक्सस नेपालिज मेडिकल एसोसिएसन एवम् हिमालयन हेल्थ क्लिनिकका डाइरेक्टरहरू दिवस उदास, कमला अधिकारी, लिला श्रेष्ठ, प्रमेश श्रेष्ठ,  राजकुमार श्रेष्ठलगायतले गरेका थिए ।

यसैगरी, ननमेडिकल स्वयंसेवकहरूमा आभा श्रेष्ठ, आदित्य नेपाल, अरुश पोखरेल, अष्मिना बोहोरा, अष्मित बोहोरा, अवि उदास, बाबुराम दाहाल, डिन सैंजू, इसुना भुसाल, कृष्ण लोहनी, मीना उदास, नील श्रेष्ठ, प्रशंसा उदास, राजेन्द्र वाग्ले, रितेश नेपाल, श्रीभा थपलिया, सुमित जोशी, सुनिल श्रेष्ठ, सुरज पौड्याल, स्युबुस्ता जोशीलगायत रहेका थिए ।

सो शिविरमा होमिग्लोबिन ए१सी टेस्ट (डाइबिटिज स्क्रिन र मोनिटोरिङ), ब्लड प्रेसर, ब्लड सुगर, वेट चेकका साथै मेडिकल र डेन्टल परीक्षण निःशुल्क गरिएको थियो भने ल्याब टेस्ट गर्नुपरेमा टेस्टका आधारमा न्यूनतम ल्याब खर्च २० डलरसम्म ल्याबलाई सम्बन्धित व्यक्तिले दिनुपर्ने व्यवस्था मिलाइएको थियो ।

यसैगरी, हिमालय हेल्थ क्लिनिकका एक्जुकेटिभ अफिस डाइरेक्टर राजकुमार श्रेष्ठका अनुसार नेपालबाट भिजिटिङ भिसामा अमेरिका आउनुभएका बुबा-आमा, दाजुभाइ तथा दिदीबहिनी जोसँग हेल्थ इन्स्योरेन्स छैन, विद्यार्थी भिसामा आउनुभएका एवम् विविध कारणले हेल्थ इन्स्योरेन्स नभएका व्यक्तिहरूलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा दिनका लागि यो शिविर गरिएको हो । ‘हाम्रो मुख्य उद्देश्य भनेको समुदायलाई स्वस्थ राख्ने हो,’ श्रेष्ठ अगाडि भन्छन्, ‘त्यसैले, समुदायमा रहनुहुने सबैलाई स्वास्थ्यसम्बन्धी सेवा सहज र सुलभ बनाउनका लागि निःस्वार्थ भावनाका साथ यो टिम अगाडि बढेको छ ।’ आमसमुदायमाझ निःशुल्क स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यका साथ एउटा पूर्ण टिम नै अगाडि बढेको हुँदा यसलाई सबैमाझ प्रभावकारी र सबैको समान पहुँच पुर्याउन समुदायबाट आवश्यक सल्लाह, सुझाव एवम् सहयोगको अपेक्षा रहेको पनि श्रेष्ठले बताए ।

टेक्ससको अर्भिङमा रहेको नेपाली मन्दिर युलेसमा स्थानान्तरण भएपछि मासिक रूपमा निःशुल्क स्वास्थ्य क्लिनिक सञ्चालन गरिने हिमालय हेल्थ क्लिनिक एवम् टेक्सस नेपालिज मेडिकल एसोसिएसनका चेयरमेन डा. सञ्जीव श्रेष्ठले जानकारी दिए । “working together for healthy community” नाराका साथ हिमालयन हेल्थ क्लिनिकले निःशुल्क रुपमा मेडिकल चेकअप, डेन्टल चेकअप, मेडिकल एवम् डेन्टलसम्बन्धी परामर्श, डाइबिटिज स्क्रिनिङ, स्क्रिनिङ ल्याबोरेटोरी टेस्ट, भ्याक्सिनलगायत सेवाहरू उपलब्ध गराउने डा. श्रेष्ठले जानकारी दिए ।

युलेसमा बन्दै गरेको नेपाली मन्दिर परिसरमा रुम लिजमा लिएर हिमालय हेल्थ क्लिनिक सञ्चालन गर्ने व्यवस्था गरिएको जानकारी दिँदै आउँदा दिनहरूमा स्वास्थ्यसम्बन्धी निःशुल्क सेवा सोही क्लिनिकबाट प्रदान गरिने हिमालय हेल्थ क्लिनिकका एक्जुकेटिभ अफिस डाइरेक्टर राजकुमार श्रेष्ठले जानकारी दिए । सो सेवा सञ्चालन हुने समयप्रतिको जिज्ञासाको उत्तर दिँदै अफिस डाइरेक्टर श्रेष्ठले समुदायको माग र आवश्यकतालाई मध्यनजर गरेर सो क्लिनिक सेवा महिनामा दुई पटक तथा हप्ताको एक पटकसम्म गर्न सकिने जानकारी दिए ।