मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रुस-युक्रेन युद्धमा नौ हजार युक्रेनी सेना मारिए

रुस-युक्रेन युद्धमा नौ हजार युक्रेनी सेना मारिए


कि । रूसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म करिब नौ हजार युक्रेनी सैनिकहरू मारिएको बताइएको छ । छ महिनादेखि रुस-युक्रेन युद्ध जारी छ।
 
युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले स्पेनमा पत्रकारहरूबीच संघले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको बताएका छन् । 
 
युक्रेनका कमाण्डर-इन-चीफ जनरल भ्यालेरी जालुज्नीले यस विषम परिस्थितिमा बालबालिकाहरूको हेरचाहमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । 
 
थुप्रै बालबालिकाका अभिभावकहरू युद्ध मैदानमा छन् । तीमध्ये कतिपय त मारिका छन् । बालबालिकाको पालनपोषण र शिक्षादीक्षामा गम्भीर समस्या देखिएको छ। जारी युद्धका बीच यही बुधवार युक्रेनले आफ्नो स्वतन्त्रता दिवस मनाउँदैछ ।   
 
मस्कोको सेनाले राजधानी किभ कब्जा गर्ने तयारी गरे पनि असफल भएपछि युक्रेनको पूर्वी भूमि नियन्त्रणमा लिन आफ्नो ध्यान केन्द्रित गरेको छ । छ महिनादेखि जारी रुस-युक्रेन युद्धले ऊर्जा-इन्धन र खाद्यान्नको मूल्य अकासिएको छ र विश्वभर युद्धको झट्का महसुस भइरहेको छ।
 
यसैबीच, रुसको एफएसबी सुरक्षा सेवाले सोमबार मस्कोको बाहिरी इलाकामा शनिबार भएको कार बम विष्फोटमा युक्रेनको हात रहेको आरोप लगाएको छ । सो विष्फोटमा परी कट्टर रुसी विचारधाराका नेता अलेक्ज्याण्डर डगकी छोरी डारिया डुगिना मारिएकी छन् ।
 
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मृतकका परिवारप्रति समवेदना सन्देश पठाउँदै घृणित अपराधको निन्दा गरेका छन् । एएफपी