काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाल बुद्धले सिकाएको शान्तिपूर्ण सहअस्तित्व अनन्तकालसम्म विश्वास गर्ने देश भएको उल्लेख गरेका छन् । उज्वेकिस्तानमा भएको अन्तर व्यवस्थापिका सङ्घ (आइपियू)को १५०औँ सभाको ‘साइडलाइन’मा भएको अंसलग्न आन्दोलन संसदीय सञ्जालको चौथो सम्मेलन, २०२५ मा ‘बान्डुङ भावनाको ७० वर्ष मनाउँदैः बान्डुङ सिद्धान्तहरूको संरक्षणमा संसद्हरूको भूमिका’ विषयमा आफ्नो मन्तव्य राख्दै उनले भने, “नेपाल असंलग्न…