राजनीति-समाज

१५औँ महाधिवेशन सबै पक्षको सहभागिता, स्वामित्व र सम्मानसहित हुनुपर्छ : डा. महत

१५औँ महाधिवेशन सबै पक्षको सहभागिता, स्वामित्व र सम्मानसहित हुनुपर्छ : डा. महत


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको १५औँ महाधिवेशन सबै पक्षको सहभागिता, स्वामित्व र सम्मानसहित निष्पक्ष तथा पारदर्शी ढंगले हुनुपर्ने बताएका छन् ।

आइतबार नेपाली कांग्रेसको राष्ट्रिय भेलाबारे छलफल गर्न आयोजित कार्यक्रममा महतले पार्टीको विशेष महाधिवेशन अस्थायी व्यवस्था भएकाले अब हुने १५औँ महाधिवेशनमा सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताए ।

Advertisement

उनले निर्वाचन आयोगले आफूहरूको पक्षको कुरा नसुनी अर्को पक्षलाई मान्यता दिएको र त्यसपछि उत्पन्न परिस्थितिका कारण पार्टी निकै अप्ठ्यारो अवस्थामा पुगेको बताए।

अदालतबाट समेत आमनिर्वाचनमा उम्मेदवारी तथा टिकट वितरणसम्बन्धी विषय टुंग्याउनुपर्ने अवस्था आएकाले पार्टीसँग पर्याप्त समय नभएको उनको भनाइ थियो।

उनले भने, ‘हाम्रो पक्षको कुरा नसुनी निर्वाचन आयोगले अर्को पक्षलाई मान्यता दियो । समयको पावन्दीका बिचमा अदालतले पनि आम निर्वाचनमा टिकट वितरणमा समस्या नहोस भनेर निर्णय गरिदियो । हामीसँग समय थिएन । त्यस्तो अप्ठ्यारो स्थितिमा नेतृत्वले जस्तो निर्णय गर्यो त्यसैलाई स्वीकारेर निर्वाचनमा गयौं । समय पनि छैन, विकल्प सोच्ने परस्थिति पनि थिएन । गत भदौको २३–२४ को घटनाले प्रधानमन्त्री बन्छु भन्ने व्यक्ति नै हार्नुपर्यो ।’

त्यस्तै, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टीभित्रका विवाद सहमतिका आधारमा समाधान गर्दै १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए । सिंहले कांग्रेसमा विगतदेखि नै सहमतिका आधारमा समस्या समाधान गर्दै महाधिवेशन गर्ने अभ्यास रहेकाले त्यसैलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।