काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारको अधिकारलाई संरक्षण गर्दै वैदेशिक रोजगारलाई अझ बढी व्यवस्थित, सुरक्षित तथा मर्यादित बनाउन सरकारलाई आग्रह गरेको छ । विदेशी भूमिमा अलपत्र तथा अचेत अवस्था (कोमा) मा उपचाररत आप्रवासी श्रमिकको उद्धार तथा स्वदेश फिर्ता, वैदेशिक रोजगारसँग विभिन्न ऐन, कानूनको समयानुकूल संशोधन तथा श्रमिक भर्ना गर्ने एजेन्सी र एजेन्टका…