घूस प्रकरणपछि अख्तियारका आयुक्त पाठकको राजीनामा

घूस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले अन्ततः राजीनामा दिएका छन् । पाठकले शुक्रबार राष्ट्रपति कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन् ।    राष्ट्रपति कार्यालयमा पुगेर उनले राजीनामा दिएको पुष्टि अख्तियार र राष्ट्रपतिको कार्यालयले गरेका छन् । पाठकले राजीनामा नदिएको अवस्थामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले महाअभियोग प्रस्ताव अघि बढाउने तयारी गरेको…