लण्डन । कोरोना सङ्क्रमितको सङ्ख्या लगातार वृद्धि हुन थालेपछि बेलायती सरकारले कडा नियम लागू गर्ने भएको छ । नयाँ व्यवस्थाअनुसार ‘सेल्फ आइसोलेसन’को आदेशलाई तोड्ने आफ्ना नागरिकलाई बेलायती सरकारले १० हजार पाउन्ड (झण्डै १५ लाख नेपाली रूपैँया) सम्म जरिवाना गर्ने बताइएको छ । बेलायतमा शनिबारमात्रै करिब चार हजार ५०० नयाँ सङ्क्रमित भेटिएका थिए भने २७ जनाको…