ककनी (नुवाकोट) । साहसिक पर्यटन अभियानको रुपमा रहेको क्यानोनिङ (छाँगावहारोहण) तर्फ स्वदेशी तथा विदेशीको पर्यटकको आकर्षण बढ्दै गएको छ । प्राकृतिक दृश्यावलोकन र पदयात्रासहित साहसिक पर्यटकीय गतिविधिमा रुचि राख्ने स्वदेशी, विदेशी युवालाई क्यानोनिङप्रति आकर्षित बढ्दै गएका हुन् । क्यानोनिङ विगत एक दशकदेखि नेपालमा सञ्चालनमा आएको छ । नेपाल क्यानोनिङ एसोसिएसनको आयोजनामा विगत तीन…