कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्यकाका बागमती र त्यसका सहायक नदी तथा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैधरुपमा निर्माण गरिएको संरचना हटाउने अभियानलाई तीव्र पारिएको छ । सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकाको समन्वयमा आज बूढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा अनधिकृतरुपमा निर्माण गरिएको संरचना धमाधम हटाइएको काठमाडौँका सहायक जिल्ला अधिकारी मुक्तिराम रिजालले बताए…