राजनीति-समाज

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले आज सामाजिक विकास मन्त्री जीतबहादुर मल्ल, आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाई र जलस्रोत तथा ऊर्जा विकास मन्त्री कलबहादुर हमाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुख जोशीले तीनै जना मन्त्रीहरूलाई नेपालको संविधानको धारा १७२ बमोजिम शपथ ग्रहण गराएका थिए ।

Advertisement

तीनै मन्त्रीलाई सत्ता साझेदार दल नेकपा एमालेले सरकारमा पठाएको हो । भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री मंगलबहादुर शाही आफैँले सम्हालेको कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतले जनाएको छ ।