इनरुवा । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका पदाधिकारी सर्वसम्मत चयन गर्न आग्रह गरेका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा गाउँपालिकाको कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले पार्टीको १४औँ महाधिवेशनअन्तर्गत अधिवेशन हुन बाँकी रहेका पदमा सर्वसम्मत पदाधिकारी चयन गर्न नेता तथा कार्यकर्तासँग आग्रह गरे । नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनले पार्टीको क्षेत्र, जिल्ला,…