मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

स्थानीय तहलाई प्रभावकारी बनाउन कानुनमा सुधार गर्नुपर्छ : सांसद थापा

स्थानीय तहलाई प्रभावकारी बनाउन कानुनमा सुधार गर्नुपर्छ : सांसद थापा


काठमाडौँ । नेपाली कांग्रेसका सांसद् गगनकुमार थापाले स्थानीय तहलाई प्रभावकारी बनाउनका लागि कानुनमा केही सुधार गर्नुपर्ने बताएका छन् । 
 
प्रतिनिधिसभाको शनिबारको बैठकमा उनले किसानले मल पाउने कि नपाउने, बिरामी हुँदा सहजरुपमा उपचार सेवा पाउने वा नपाउने भन्नेतर्फ ध्यान दिनसमेत आग्रह गरे ।  
 
अर्थतन्त्र समस्यामा पर्न थालेको उल्लेख गर्दै सांसद् थापाले व्यापार घाटा बढेकाले समस्या समाधानका लागि अग्रसर हुनुपर्ने बताए । उनले अमेरिकी डलरको सञ्चितिमा व्यवधान आउने खालका कुनै पनि आयात नगर्नेबारे सरकारले घोषणा गरेको खण्डमा नागरिकमा समेत विश्वास पैदा हुने बताए । 
 
उनले हेलिकप्टर, मरिच, केराऊ, कुनै पनि सामान आयात नगर्नेतर्फ सरकार लाग्नुपर्ने स्पष्ट पारे । आयात रोकेर मात्रै नहुने भएकाले निर्यात बढाउनेतर्फ पनि ध्यान दिनुपर्ने सांसद् थापाको भनाइ छ । उनले हरेक कुरालाई प्रमाणित गर्ने तरिकाले सरकार अगाडि बढ्नुपर्ने स्पष्ट पारे ।  
 
पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा परेको चापलाई सम्बोधन गर्न सरकारले उपभोक्तालाई पनि राहत दिनेतर्फ लाग्नुपर्ने सांसद् थापाको भनाइ छ । 
 
सांसद् थापाले काठमाडौँ उपत्यकाको फुटपाथ विस्तार, निर्माण, पुनःस्थापनालगायत विषयलाई सरकारले सङ्केत गरेकामा धन्यवाद दिए । रासस