राष्ट्रिय परीक्षा बोर्डलाई संवेदनशील बन्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्रिय परीक्षा बोर्डलाई चुस्तदुरुस्त हुन निर्देशन दिएका छन् । अनुगमनका गर्न बोर्डको सानोठिमीस्थित कार्यालयमा शुक्रबार पुगेका मन्त्री पौडेलले परीक्षाअगावै प्रश्नपत्र परीक्षा बाहिरिने गरेको गुनासो आएको भन्दै संवेदनशील बन्न कर्मचारीलाई आग्रह गरे ।    “परीक्षा हुनुअगावै प्रश्नपत्र बाहिरिने गुनासो छ”, उनले भने, “यदि त्यस्तो हो भने राष्ट्रसेवक कर्मचारी…