मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

रत्ननगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई स्काउटको बधाई

रत्ननगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई स्काउटको बधाई


चितवन । । रत्ननगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई नेपाल स्काउट स्थानीय परिषद् रत्ननगर र नेपाल स्काउट एण्ड गाइड फेलोसिप नेपालका स्काउट टोलीले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
 
स्थानीय परिषद् आयुक्त बैकुण्ठ मरहठ्ठा, सचिव रमेश आचार्य, इन्दु सुवेदी, बुद्धिबहादुर गुरुङ, चित्रबहादुर रायमाझी, दिनेश पाण्डेसहितको टोलीले रत्ननगरका मेयर प्रह्लाद सापकोटा र उपमेयर यादवप्रसाद पाठकको कार्यकक्षमा पुगेर बधाई तथा शुभकामना दिँदै आर्थिक वर्षमा स्काउटलाई बजेट विनियोजन गरिदिन माग गरे । 
 
सो अवसरमा नेपाल स्काउट एण्ड गाइड फेलोसिप नेपालका उपाध्यक्ष तीर्थराज न्यौपानेले जनप्रतिनिधिलाई खादा ओढाएर सम्मान व्यक्त गरे ।   
 
सो अवसरमा उपाध्यक्ष न्यौपानेले नेपाल स्काउटले मनोरञ्जनात्मक, साहसिक, बौद्धिक, सामुदायिक र शैक्षिक क्रियाकलापका माध्यमबाट आफ्नो सीप, खुवी, कौशल र संस्कृतिको आदानप्रदान गर्ने भएकाले स्थानीय परिषद्मार्फत विभिन्न क्रियाकलाप गर्न जनप्रतिनिधिबाट स्काउटले अपेक्षा गरेको बताए ।