ओलीले एमाले सिध्याएर नारायणी नदीमा तिलाञ्जली दिए : अध्यक्ष नेपाल

इनरुवा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले समाप्त पारेर केपी शर्मा ओलीले नारायणी नदीमा तिलाञ्जली दिएको बताएका छन् ।     सुनसरीको इटहरी उपमहानगरपालिकामा पार्टीको १ नम्बर प्रदेशस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले ओलीवादले एमाले समाप्त भइसकेकाले पार्टीभित्र रहेका नेता कार्यकर्ताको कन्तबिजोग हुने दिन छिट्टै आउने बताए ।    अहिले एमालेभित्र…