मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चितवन-३ मा चुनावी सरगर्मी : डा. भोजराज अधिकारी, दिनेश कोइराला र विक्रम पाण्डेबीच प्रतिस्पर्धा

चितवन-३ मा चुनावी सरगर्मी : डा. भोजराज अधिकारी, दिनेश कोइराला र विक्रम पाण्डेबीच प्रतिस्पर्धा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवनमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मीे बढेको छ । देश–विदेशमा चासोका साथ हेरिएको क्षेत्र नं ३ मा चुनावी रौनक रोचक हुने देखिएको छ । सत्ता गठबन्धनले चितवन क्षेत्र नं ३ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि छाडेको थियो । तर, प्रचण्डले ‘सरप्राइज’ दिँदै गोरखा–२ रोजेपछि गठबन्धनका तर्फबाट माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई अघि सा¥यो ।  
कांग्रेसले डा. अधिकारीलाई समर्थन गरेपछि कांग्रेसका तर्फबाट आधिकारिक उमेदवार उनी नै भए । नेपाली कांग्रेसबाट विद्रोह गरी पूर्वकेन्द्रीय सदस्य दिनेश कोइरालाले बागी उमेदवारी दिए । कोइरालाले बागी उमेदवारी फिर्ता नगरेपछि पार्टीले निष्कासन गरिसकेको छ । कोइरालाले माछा चुनाव चिन्हका साथ स्वतन्त्र हैसियतमा चुनावी मैदानमा जुटेका छन् ।
यता, नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा उमेदवारी दिएका रामप्रसाद न्यौपानेको उमेदवारी एमाले अध्यक्ष केपी ओलीले केन्द्रबाटै पत्र पठाएर फिर्ता गरेका छन् । उसो त एमालले उमेदवारी फिर्ता गर्नुमा ‘केन्द्रीय रणनीति’ भनेको छ । 
एमालेले चितवन–३ बाट उमेदवारी फिर्ता लिनुका पछाडि कस्तो रणनीति छ त्यो यसै भन्न सकिँदैन । एउटा रणनीतिचाहिँ माओवादी केन्द्रका उमेदवारलाई हराउनु रहेको बुझ्न सकिन्छ । किनभने, एमालेले कांग्रेसका बागी उमेदवार कोइरालालाई समर्थन गर्ने निर्णय गरेबाटै यसको पुष्टि हुन्छ । 
कांग्रेसले गठबन्धनका उमेदवारलाई सघाउने र एमालेले बागी उमेदवार कोइरालालाई सघाउने भएका कारण यसपटक एमाले र नेपाली कांग्रेसका मतदाताहरुले आफ्नो चुनाव चिन्ह सूर्य र रुखमा मतदान गर्नबाट वञ्चित भएका छन् । कांग्रेस र एमालेका मतदाताले समानुपातिक वा प्रदेशतर्फ भने आफ्नो चिन्ह सूर्य वा रुखमा मत हाल्न पाउने छन् । 
स्थानीय निर्वाचनमा कांग्रेसबाट विद्रोह गरी भरतपुर महानगरको मेयरमा भुईंकटहर चिन्ह लिएर बागी उमेदवारी दिएपछि जगन्नाथ पौडेल कांग्रेसबाट निष्कासित भए । उनले प्रतिनिधिसभामा पनि स्वतन्त्र उमेदवारी दिएका छन् ।
चितवन–३ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेको उमेदवार नै नभएपछि सूर्य चिन्ह रहने कुरै भएन र कांग्रेसको पनि रुख चिन्ह लिएर उठ्ने आधिकारिक उमेदवार नै छैन । 
यदि पार्टीको निर्देशन मान्ने हो भने एमालेलेस्वतन्त्रबाट उमेदवारी दर्ता गरेका कोइरालाको माछा चुनाव चिन्हमा मतदान गर्नुपर्नेछ भने कांग्रेसले माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडामा मतदान गर्नुपर्ने छ । 
सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट उमेदवार बनेका नेकपा माओवादी केन्द्रका डा. अधिकारी, राप्रपाबाट उमेदवार बनेका विक्रम पाण्डे, एमालेको समर्थन पाएका कोइरालाबीच चुनावी भिडन्त हुनेछ । 
यस्तै, स्वतन्त्रबाट उठेका जगन्नाथ पौडेल, माओवादी केन्द्रबाट बागी उमेदवार गायक तथा सर्जक हरि योञ्जनलगायतका नेताहरु चुनावी मैदानमा छन् ।
एमाले किन पछि हट्यो ?
एउटा आश्चर्यलाग्दो विषय छ यो छ कि राप्रपासँग चुनावी तालमेल गर्ने भनेको एमाले एकाएक किन पछि हट्यो ? यो विषय अनुत्तरित छ । आफ्ना उमेदवारलाई पछाडि हटाएर एमालेले किन बागी उमेदवारलाई सघाउने निर्णय ग¥यो ? यसबाट एमालेलाई के फाइदा छ ?  
चितवन–३ मा गठबन्धनलाई जसरी पनि हराउने रणनीतिअनुसार नै एमाले अध्यक्ष ओलीले बागी उमेदवारलाई समर्थन गरेका हुनसक्छन् । पार्टीको निर्णय कार्यान्वयन गर्ने एमाले चितवनले निर्णय गरिसकेको छ । कतिपयले गठबन्धनका उमेदवारलाई जसरी भए पनि हराउने र राजनीतिक प्रतिशोधपछि कोइरालालाई एमालेमा प्रवेश गराउने रणनीति रहेको बताएका छन् । तर, यस सम्बन्धमा कोइरालाले स्पष्ट पार्दै आफू कांग्रेसबाहेक कहीँ पनि नजाने जिकिर गरेका छन् ।  
चितवन–३ मा गठबन्धनका उमेदवारका लागि बागी उमेदवार नै प्रमुख चुनौती बन्न पुगेका छन् । चुनाव जित्न गठबन्धनका उमेदवार अधिकारीले कांग्रेसको ५० प्रतिशतभन्दा बढी नै मत प्राप्त गर्नुपर्ने हुन्छ । 
उता चितवन–३ मा लोकप्रियता हासिल गरेका र पटकपटक प्रतिनिधिसभामा उठेका राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका विक्रम पाण्डे पनि कमजोर उमेदवार पक्कै होइनन् । तर, मतदाताले कसलाई मत दिन्छन् यसै भन्न सकिँदैन ।