मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सत्तारूढ गठबन्धनको दुई तिहाई बहुमत आउँछ : वरिष्ठ नेता पौडेल

सत्तारूढ गठबन्धनको दुई तिहाई बहुमत आउँछ : वरिष्ठ नेता पौडेल


डुम्रे । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारूढ गठबन्धनको दुई तिहाई बहुमत आउने दाबी गरेका छन् । 
 
नेपाली कांग्रेस क्षेत्र नम्बर १ तनहुँले बिहीबार बिपी स्मृति भवन दमौलीमा गरेको अगुवा कार्यकर्ता अन्तरक्रिया कार्यक्रममा उहाँले दुई तिहाई बुहमत ल्याउनैका लागि गठबन्धन भएको बताएका हुन् ।  
 
संविधान, गाउँको अधिकार, दलित, महिला, अल्पसङ्ख्यक, उपेक्षित वर्ग, जनजातिले पाएको अधिकार रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको उनको भनाइ थियो । ््
 
“नेपालको संविधानको रक्षा र प्रतिगमनविरुद्धको लडाइँका लागि गठबन्धन आवश्यक परेको हो”, वरिष्ठ नेता पौडेलले बताए । उनले कार्यकर्तालाई अधिनाकवादविरुद्ध लड्न गाउँ–गाउँमा पुगेर गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न कार्यकर्तालाई आग्रह गरे । 
 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले जनताको लामो सङ्घर्ष, त्याग र बलिदानीले प्राप्त लोकतान्त्रिक अधिकारलाई समाप्त पार्ने खेलका विरुद्ध सत्तारूढ गठबन्धनका उम्मेदवारलाई विजय गराउन कार्यकर्तालाई आग्रह गरे । 
 
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा तनहुँ क्षेत्र नं १ को ‘ख’ का उम्मेदवार हरिबहादुर चुमानले गठबन्धनले जनताको अधिकार रक्षा गर्न सकेको उल्लेख गर्दै गठबन्धनकै नेतृत्वमा पुनः सरकार बनाउन चुनावी तालमेल गर्नुपरेको बताए । रासस