चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् पुनःस्थापनका लागि न्यायपालिकाबाट भएको सकारात्मक कामको गुन तिर्ने बताएका छन् । शुक्रबार चितवनका पत्रकारसँग कुराकानी गर्दै उनले संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको उल्लेख गर्दै त्यसको गुन तिर्ने बताएका हुन् । उनले भने, “यो तपाईंहरुले थाहा पाइराखेकै कुरा हो…