मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

देशलाई समृद्ध बनाउने शक्ति एमालेसँग मात्र छ : अध्यक्ष ओली

देशलाई समृद्ध बनाउने शक्ति एमालेसँग मात्र छ : अध्यक्ष ओली


सिन्धुली । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने शक्ति एमालेसँग मात्र भएको बताएका छन् । 
 
सिन्धुलीको दुधौलीमा आइतबार एमालेको चुनावीसभालाई सम्बोधन गर्दै उनले सुखी नेपाली समृद्ध नेपाल बनाउने सपना सकार पार्न सूर्य चिह्नमा मतदान गर्न अपिल गरे । 
 
उनले देशलाई विकासको अभियानमा लैजान र सुखी नेपाली समृृद्ध नेपाल निर्माणका लागि एमालेको सरकार आवश्यक रहेकोमा जोड दिए । 
 
“एमालेले जारी गरेको घोषणापत्र ग्यारेन्टीका साथ हामी पूरा गर्न तयार छौँ, तपाईंको एकमतले देशको विकासमा टेवा पुग्ने भएकाले सिन्धुलीबाट एमालेका उम्मेदवारलाई विजयी गरेर पठाए जिल्ला र देशको विकास हुनेछ”, अध्यक्ष ओलीले भने । उनले सुनकोशी मरिण डाइभर्सन, मदनभण्डारी राजमार्ग आर्थिक समृद्धिका आधार निर्माण गरेको बताए ।  
 
एमालेले जिल्लामा उठाइएका प्रतिनिधिसभाका दुई प्रदीप कटुवाल, मनोजजङ्ग थापा र प्रदेशसभाका सुवास देवकोटा, रामकुमार कार्की, विनोद खड्का र रामकुमार पौडेल चारै उम्मेदवारलाई मत दिएर विजयी गराउन उनले आग्रह गरे । रासस