मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

घण्टीप्रतिको उत्साह देख्दा अपेक्षाभन्दा बढी सिट जित्ने पक्का भयो : रवि लामिछाने

घण्टीप्रतिको उत्साह देख्दा अपेक्षाभन्दा बढी सिट जित्ने पक्का भयो : रवि लामिछाने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी नामको नयाँ पार्टीबाट पहिलोपटक निर्वाचनमा होमिएका सभापति रवि लामिछानेले आफूले अपेक्षा गरेभन्दा बढी सिट जित्ने पक्का भएको प्रतिक्रिया दिएका छन् । 
 
चितवन क्षेत्र नं.२ बाट प्रतिनिधिसभाका लागि उमेदवार बनेका नेता लामिछानेले दिनभरिको उत्साहलाई आधार मान्दा पार्टीले अपेक्षा गरेभन्दा बढी सिट जित्ने आँकलन गर्न गाह्रो नभएको बताएका हुन् ।
 
‘मतपत्रमा पहिलोपटक ‘घण्टी’ चुनाव चिन्ह देख्दा असाध्यै उत्साहित भएँ,’ उनले भने, ‘दोस्रो कुरोचाहिँ मतदानको दिन पनि यति ठूलो उत्साह देखियो नि, यसले हामीले अपेक्षा गरेभन्दा बढी सिट जित्ने सम्भावना प्रबल बनेको छ ।’ 
 
अहिले नै यति र उति सिट जित्छौँ भनेर हतार गर्न नहुने भन्दै उनले थपे, ‘कति सिट जितिन्छ भन्ने विषयमा हामीले मत परिणामलाई पर्खिनुपर्छ, त्यसअगावै दाबी गर्नु राम्रो कुरा होइन । तर, हामी सबैले अपेक्षा गरेभन्दा बढी सिट आउनेचाहिँ पक्का देखियो ।’
 
मतदानको दिनसम्ममा पार्टीभित्र नखुल्दा नखुल्दै पनि आम मतदाता थाहै नपाइ खुलिसकेका उनले बताए । मतदाताले दिएको जिम्मेवारी वहन गर्न आफूहरू तयार रहेकोसमेत उनले बताए । ‘मतदाताले दिनुभएको जिम्मेवारी पूरा गर्न म र मेरो पार्टी एकदम तयार छ,’ उनले भने । मत परिणाम सार्वजनिक भइसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान पनि सकिने र प्रतिपक्षमा बस्न पनि सकिने उनले बताए ।
 
‘हामी सरकारमा जान पनि तयार छौँ, प्रतिपक्षमा बस्न पनि तयार छौँ,’ उनले भने, ‘हामी आज चुनाव लड्न मात्रै उमेदवार बनेका होइनौँ, पार्टी निर्माण गरेका होइनौँ । पछिसम्मकै लागि पूर्वतयारी गरेरै राजनीतिमा आएका हौँ । त्यसैले हामी जता बस्न पनि तयार छौँ ।’ 
 
उनी आइतबार बिहान काठमाडौँमा मतदान गरेर चितवन आएका थिए । चितवन क्षेत्र नं २ का विभिन्न मतदान केन्द्रमा पुगेर अवलोकनसमेत गरेका थिए ।
 
रविको उमेदवारी दर्ता भएदेखि नै आक्रामक रुपमा चर्चा रहेको चितवन–२ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ र नेकपा एमालेबाट पूर्वसांसद् कृष्णभक्त पोखरेल चुनावी प्रतिष्पर्धामा छन् । सो क्षेत्रमा २०७४ को निर्वाचनमा पोखरेलले जितेका थिए । सो क्षेत्रमा गत स्थानीय निर्वाचनमा नेकपा एमाले र गठबन्धनले पाएको मत बराबरीजस्तै छ । 
 
रविको प्रवेशसँगै सो क्षेत्र एकाएक घन्टीमय बन्न पुगेको छ । धेरैको आँकलनमा रविले दुवै उमेदवारलाई पछि पार्दै फराकिलो मतान्तरले विजय बन्ने लगभग सुनिश्चितजस्तै भइसकेको छ ।