मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

८ दिनभित्र मत गणना सक्छौँ -प्रमुख निर्वाचन आयुक्त थपलिया

८ दिनभित्र मत गणना सक्छौँ -प्रमुख निर्वाचन आयुक्त थपलिया

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आठ दिनभित्र मतगणना सकिने बताएका छन् । 
 
आइतबारको पत्रकार सम्मेलनमा उनले प्रत्यक्ष र समानुपातिक मतसँगै गणना हुने बताए । मतदान स्थगित भएको स्थानमा मतदान गरेरै ८ दिनभित्र नतिजा आउने थपलियाले बताए । 
 
“प्रत्यक्ष र समानुपातिक मतगणनासँगसँगै आउने गरी मतगाणना कार्य अघि बढाइएको छ । हामीले ८ दिनभित्र सक्ने भनेको हो । कहीँ मतदान स्थगन हुँदैन भन्ने विश्वास थियो,” उनले भने, “ढुक्क हुनुस् । आजको ८ मितिले दिनमा ती जिल्लासहित निर्वाचन गरेर मतदान गरेर नतिजा निकाल्छौँ ।”
 
उनका अनुसार नवलपरासीमा भोलि नै मतगणना गर्नेगरी प्रक्रिया अघि बढाइएको छ । गुल्मीमा भोलि वा पर्सीमा हुने उनले बताए । सुर्खेतमा पर्सी हुने भएकाले यी जिल्लामा ६ गतेभित्र पुन मतदान हुने बताए । बाजुरामा फेरि मतपत्र छाप्नुपर्ने अवस्था भए १–२ दिन लम्बिने उनको भनाइ छ ।