मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

जनताको अभिमतको सम्मान गरिनुपर्छ : अध्यक्ष ओली

जनताको अभिमतको सम्मान गरिनुपर्छ : अध्यक्ष ओली


झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अभिमतको सम्मान गर्नु प्रत्येक जनप्रतिनिधिको जिम्मेवारी रहेको बताएका छन् ।  
 
प्रतिनिधिसभा सदस्यमा झापा–५ बाट विजयी भएपछि गौरीगञ्जमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै उनले नागरिकको जीवनस्तर उकास्नका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्ने बताए । 
 
उनले मुलुकको समग्र विकासका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको बताए । अपेक्षाकृत मत एमालेले प्राप्त गर्न नसकेको उनको भनाइ थियो । 
 
अध्यक्ष ओलीले निर्वाचनको निष्पक्षतामा प्रश्न गरे । उनले प्रत्यक्षतर्फ एमालेले केही सिट गुमाए पनि समानुपातिकतर्फ पहिलो पार्टी हुने दाबी गरे । 
 
क्षेत्र नंं ५ मा पर्ने कमल गाउँपालिकाको वडा नं ५ को वसन्तचोकदेखि सुरु भएको विजयी र्‍यालीमा सहभागी हुँदै उनी सीमावर्ती गौरीगञ्जसम्म पुगेका थिए ।