मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

तेह्रथुममा प्रतिनिधिसभातर्फ सुब्बा र गुरुङबीच कडा प्रतिस्पर्धा

तेह्रथुममा प्रतिनिधिसभातर्फ सुब्बा र गुरुङबीच कडा प्रतिस्पर्धा


तेह्रथुम । एकमात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ र नेकपा (एमाले) का विजय सुब्बाबीच कडा प्रतिस्पर्धा देखिएको छ । 
 
हालसम्म सम्पन्न मतगणनाअनुसार कांग्रेस उम्मेदवार गुरुङले १४ हजार ४०० तथा एमाले उम्मेदवार सुब्बाले १४ हजार २१९ मत प्राप्त गरेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म २९ हजार दुई सय २१ मत गणना भइसकेको छ । कुल मतदाता ७१ हजार नौ सय ३३ रहेकामा ४१ हजार दुई सय २१ जनाले मतदान गरेका थिए ।  
 
कांग्रेस उम्मेदवार गुरुङले हालसम्म अग्रता कायम राख्दै आएकी छन् । छ स्थानीय तह रहेको तेह्रथुममा छथर गाउँपालिकाको मत गणना हुँदा एमालेका सुब्बाले एक हजार ४२७ मतले कांग्रेसकी गुरुङलाई पछि पारेका थिए । लालिगुराँस नगरपालिकाको मत गणना सकिँदा भने गुरुङले आठ सय पाँच मतले सुब्बालाई पछि पारेकी थिइन् ।  
 
यस्तै म्याङलुङ नगरपालिकाको मतगणना सकिँदा पुनः सुब्बाले पाँच सय ३९ मतको अग्रता लिएका थिए । आठराई गाउँपालिकाको मतगणना सम्पन्न हुँदा भने कांग्रेसकी गुरुङले एमालेका उम्मेदवार सुब्बालाई दुई सय ७१ मतान्तरले पछाडि पारेकी छन् । 
 
एमालेका सुब्बा यसअघि दुई पटक सांसद बनिसकेका छन् । अब फेदाप गाउँपालिका र मेन्छ्यायेम गाउँपालिकाको मतगणना गर्न बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । फेदापमा सात हजार ११ तथा मेन्छ्यायेममा तीन हजार तीन सय ८९ मत खसेको थियो । 
 
तेह्रथुममा प्रदेशसभा (१) मा एमालेका किशोरचन्द्र दुलाल विजयी भएका छन् । यस्तै प्रदेशसभा (२) मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईं विजयी भएका छन् । रासस