मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आमनिर्वाचन २०७९ : प्रत्यक्षतर्फ कांग्रेस ५२, एमाले ३९ र माओवादी केन्द्र १७ स्थानमा विजयी

आमनिर्वाचन २०७९ : प्रत्यक्षतर्फ कांग्रेस ५२, एमाले ३९ र माओवादी केन्द्र १७ स्थानमा विजयी


काठमाडौँ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फका कुल १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १४३ स्थानमा अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छन् । 
हालसम्म नेपाली कांग्रेस ५२ स्थानमा विजयी भएको छ । एमाले ३९, माओवादी केन्द्र्र १७, एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सात÷सात, जनता समाजवादी पार्टी छ, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी र नेपाल मजदुर किसान पार्टी एक÷एक तथा पाँच स्वतन्त्र उमेदवार विजयी भएका छन् । 
आयोगका अनुसार जारी मतगणनामा कांग्रेस चार, एमाले तीन, माओवादी केन्द्र्र एक, राष्ट्रिय स्वतन्त्र पार्टी एक स्थानमा अगाडि छन् । दोलखा, स्याङ्जा र बाजुराका तीन क्षेत्रमा मतगणना गर्न बाँकी छ । 
प्रदेशसभाको प्रत्यक्षतर्फ कांग्रेस चार, एमाले दुई र माओवादी केन्द्र एक प्रदेशमा अगाडि छन् । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा कांग्रेस अगाडि छ । प्रदेश नं १ र मधेसमा एमाले तथा सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र अगाडि छ । 
प्रदेश नं १ मा एमाले १८, कांग्रेस ११, माओवादी केन्द्र छ, राष्ट्रिय प्रजातन्त्र पार्टी दुई स्थानमा विजयी भएका छन् । मधेसमा एमाले १२, कांग्रेस १२, जसपा आठ, लोसपा सात, जनमत पार्टी छ, माओवादी चार र स्वतन्त्र छ स्थानमा विजयी भएका छन् । 
बागमतीमा कांग्रेस १८, एमाले नौ, माओवादी सात, राप्रपा पाँच, एकीकृत समाजवादी चार, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टी एक÷एक स्थानमा विजयी भएका छन् । गण्डकीमा कांग्रेस १४, एमाले १२, माओवादी केन्द्र तीन र एकीकृत समाजवादी एक, लुम्बिनीमा कांग्रेस १४, एमाले १२, माओवादी चार, जसपा, नागरिक उन्मुक्ति पार्टी र लोसपा दुई÷दुई, राप्रपा र जनमत पार्टी एक÷एक तथा स्वतन्त्र तीन स्थानमा विजयी भएका छन् । 
कर्णाली प्रदेशमा कांग्रेस र माओवादी छ÷छ, एमाले दुई र स्वतन्त्र उमेदवार एक तथा सुदूरपश्चिम प्रदेशमा माओवादी सात, कांग्रेस छ, नागरिक उन्मुक्ति पार्टी र एमाले दुई÷दुई तथा स्वतन्त्र उमेदवार एक स्थानमा विजयी भएका छन् । रासस