माओवादी महाधिवेशन : शनिबार मात्रै नेतृत्व चयन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन शनिबारसम्म लम्बिएको छ । शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको छैन । सो विधान मस्यौदा पारित गर्नका लागि शनिबार बिहान ११ बजेका लागि बन्दसत्र स्थगित गरिएको जानकारी दिइएको छ ।    विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ…