काठमाडौँ । सरकार र थारु कल्याणकारिणी सभाबीच छ बुँदे सहमति भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ र सभाको थारुहट/थारुवान संयुक्त संघर्ष समितिका वार्ता टोली प्रमुख रुक्मिणी चौधरीले मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमति पत्रमा सरकारले टीकापुर घटनामा दोषी निवर्तमान सांसद् रेशमलाल चौधरीलगायतकाको मुद्दा फिर्ता र रिहाइका…