मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

डा सिके राउत सत्ता गठबन्धनमा सहभागी हुन तयार

डा सिके राउत सत्ता गठबन्धनमा सहभागी हुन तयार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग जनमत पार्टीका अध्यक्ष डा सिके राउतले बिहीबार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटवार्तामा आपसी सहकार्यका विषयमा छलफल भएको थियो ।
 
प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार उनीहरूबीच आगामी दिनमा हुनसक्ने सहकार्यका विषयमा छलफल भएको थियो । 
 
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तराई मधेसको नयाँ शक्तिका रूपमा स्थापित जनमत पार्टी सत्तारुढ गठबन्धनसँग सहकार्य गर्न तयार रहेको बुझिएको छ । यसअघि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा राउतबीच भेटवार्ता भएको थियो ।
 
प्रतिनिधिसभा सदस्यमा डा राउतले सप्तरी क्षेत्र नं २ बाट ३५ हजार ४२ मत प्राप्त गरी निर्वाचित भएका छन् । समानुपातिकतर्फ सो पार्टीले हालसम्म कुल तीन लाख ९४ हजार दुई सय ७६ मत प्राप्त गरेको छ । रासस