मानव तस्करीलगायत श्रमिकका सबै समस्या समाधान गर्न पहल गर्छु : श्रम तथा रोजगारमन्त्री अर्याल

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याललाई वैदेशिक रोजगारीको बहानामा पछिल्लो समय युरोपेली देशहरुमा बढ्दै गएको मानव तस्करी अन्त्य गर्न तत्काल ठोस कदम चाल्न आग्रह गरेका छन् । संघका प्रतिनिधिहरुले मन्त्री अर्याललाई टर्की, पूर्वी यूरोपका बुलगेरिया, क्रोएसिया, हंगेरी, रोमानिया,स्लोभाकिया लगायतका मुलुकमा बढ्दो मानव तस्करीबारे जानकारी गराउँदै त्यसलाई…