मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

भ्रष्टाचारविरूद्ध सतिसालझैँ उभिन्छु : प्रधानमन्त्री

भ्रष्टाचारविरूद्ध सतिसालझैँ उभिन्छु : प्रधानमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैँ उभिने बताएका छन् ।

बुधबार कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सरकारको सङ्कल्पबाट भ्रष्टहरू तर्सिएको बताएका हुन् ।

उनले भने, “सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु । भ्रष्टहरूमाथि कारबाही सुरू भएको छ । ललिता निवासको फाइल फेरि खोलिएको छ । यो प्रकिया रोकिन्न, हेर्दै जानुहोला, थप फाइलहरू खोलिन्छ र कारबाही गरिन्छ ।”

पछिल्लो समय माओवादी शक्तिहरुबीचको एकताको राम्रो आधार बन्दै गइरहेको उल्लेख गर्दै उनले बृहत कम्युनिष्ट एकतासहित अगाडि बढिने बताए । “२०६४ को निर्वाचनमा हामीले राम्रो परिणाम ल्यायौँ तर, पार्टी एकताबद्ध हुनसकेन, टुटफुट र विभाजनले आन्दोलन कमजोर भयो”, प्रधानमन्त्री दाहालले भने, “फेरि एउटा नयाँ परिस्थिति बनेको छ । माओवादी शक्तिबीच एकताको राम्रो आधार बन्दैछ । पार्टी एकता संयोजन समिति बनाइन्छ र बृहत एकतासहित अगाडि बढिन्छ ।”

वर्तमान सरकारले जन चाहनाअनुसार आफ्नो काम कारबाही अगाडि बढाएको जनाउँदै उनले राम्रा काम गर्न थालेपछि सरकारलाई अप्ठ्यारोमा पार्ने षड्यन्त्र सुरु गरिएको बताए ।

“घेरा हाल्ने, भ्रम छर्ने प्रतिक्रियावादी षड्यन्त्र अहिले पनि जारी छ, जुन नीति हिजो पनि थियोे”, उनले भने, “यो आफैँमा वर्गसङ्घर्ष हो । वर्गसङ्घर्षको चरित्रमा फेरबदल आएको छैन, रूप मात्रै फेरिएको हो । २०८४ को निर्वाचनमा २०६४ भन्दा शक्तिशाली हुनेगरी परिणाम दिनुपर्छ, दिन्छौँ ।”

सामाजिक न्याय, सुशासन र समृद्धिका लागि आफू जहिले पनि समर्पित हुने दृढता व्यक्त गर्दै उन ले सरकारलाई असफल पार्ने तत्वलाई जनताले तह लगाउने बताए ।

“इतिहासको तागतको बलमा हामी सरकारमा छौँ, कतिलाई यो कुरा पचिरहेको छैन । भ्रष्टाचारविरोधी अभियानपछि भ्रष्टहरू विक्षिप्त र हैरान भएका छन्”, उनले भने, “तर, हामी देश र जनताको पक्षमा लागिरहन्छौँ । सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सम्पूर्ण रूपले समर्पित हुन्छौँ । सरकार असफल पार्ने, कुप्रचार गर्ने षड्यन्त्र छन् । तर, तिनीहरूलाई जनताले नै ठीक पार्छन् ।” रासस