मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

कसुर अनुसन्धान गर्ने निकाय राष्ट्रिय अपराध सूचना केन्द्रमा आबद्ध हुनुपर्छ : प्रहरी महानिरीक्षक

कसुर अनुसन्धान गर्ने निकाय राष्ट्रिय अपराध सूचना केन्द्रमा आबद्ध हुनुपर्छ : प्रहरी महानिरीक्षक

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले कसुर अनुसन्धान गर्ने निकाय राष्ट्रिय अपराध सूचना केन्द्रमा आबद्ध भए सूचनाको आदानप्रदानको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि राम्रो हुने बताएका छन् ।

राष्ट्रिय अपराध सूचना केन्द्रको स्थापना र अपराधसम्बन्धी अभिलेखको सूचना आदानप्रदान गर्न समन्वयका लागि कसुरको अनुसन्धान गर्ने निकायबीच आज काठमाडौँमा भएको छलफलमा उनले सूचना केन्द्रलाई पूर्णरूपमा कार्यान्वयन गरी सबै सरोकारावाला निकायबीच आपसी सूचना आदानप्रदान गर्नुपर्नेमा जोड दिए ।

व्यक्तिको गोपनीयता र मौलिक हकलाई मध्यनजर गर्दै अनुसन्धानलाई सहजीकरण गर्न कुनै पनि अपराधमा संलग्न रहेका व्यक्तिको विवरण आदानप्रदान गर्न सकेमा कसुर अनुसन्धान गर्ने निकाय लाभान्वित हुने उनले विश्वास व्यक्त गरे । कार्यक्रममा सूचना केन्द्र साझेदारीको आवश्यकता, नेपाल प्रहरीलाई प्राप्त जिम्मेवारी, हालसम्मको प्रगति, कार्यान्वयनका लागि गर्नुपर्ने कार्यहरू, तत्काल गर्न सकिने कार्यलगायतका विषयमा आधारित रहेर सहभागीबीच छलफल तथा अन्तर्क्रिया भएको थियो ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले कार्यक्रमको विषयवस्तु र उद्देश्यका बारेमा जानकारी दिएका थिए ।

सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयका प्रहरी उपरीक्षक सरोज शाक्यले राष्ट्रिय अपराध सूचना केन्द्रको परिचय र स्थापनाको उद्देश्यलगायतका विषयमा प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा गृहमन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेत, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, वैदेशिक रोजगार विभाग, आन्तरिक राजस्व विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहन्यायाधिवक्ता, प्रहरी नायब महानिरीक्षक, वन तथा भू–संरक्षण विभागका उप–महानिर्देशक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवालयका प्रतिनिधि, भन्सार विभागका प्रतिनिधि, नेपाल राष्ट्र बैंक वित्तीय जानकारी एकाइका प्रतिनिधिको सहभागिता थियो । रासस