मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

अमेरिकामा स्व.गिरिजाबाबुको १००औँ जन्मजयन्ती मनाइयो

अमेरिकामा स्व.गिरिजाबाबुको १००औँ जन्मजयन्ती मनाइयो

हिमालय खबर

शेयर गर्नुहोस:

675
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उडसाइड न्युयोर्क । नेपाली राजनीतिका शिखर पुरुष शान्ति नायक, गणतन्त्र नेपालका प्रथम राष्ट्राध्यक्ष पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्ती जिपी कोइराला फाउन्डेसन अमेरिकाको कार्यालय उडसाइड न्युयोर्कमा सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम नेपाल तरूण दलका पूर्वअध्यक्ष जीतजङ्ग बस्नेतलाई फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले कार्यालयमा स्वागत गर्दै सम्मान गरेका थिए ।

कार्यक्रममा फाउन्डेसनका प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यद्वय ध्रुव कुवककंर क्षेत्री र सूर्य सिंखडा, सामाजिक अभियान्ताहरु श्याम कार्की र वीरेन्द्र मानन्धर, फाउन्डेसनका सदस्यहरु शेखर कार्की, तेजेन बुढा मगर र महेन्द्र थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्लेलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको अन्त्यमा गिरिजावावुको योगदान स्मरण गरेर र उनीप्रति श्रद्धाञ्जली अर्पण गर्ने सबैमा आभार प्रकट गरिएको थियो ।