मैले मानवअधिकारको उल्लंघन गरेको छैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानवअधिकारको उल्लङ्घन नगरेको दाबी गरेका छन् ।     मानवअधिकार एलाइन्सको २३औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा उनले ५७ वर्षदेखि राजनीतिमा निरन्तर लागिरहेको तर त्यसअवधिमा कुनै पनि प्रकारको मानवअधिकारको उल्लङ्घन नगरेको बताएका हुन् ।    "मैले गृह मन्त्रालयजस्तो नियन्त्रण कायम गर्नुपर्ने मन्त्रालय सम्हालेको छु,…