यी हुन् कांग्रेसबाट उमेदवारी दिएका ९१ नेताहरू (सूचीसहित) काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसबाट ९१ नेतालाई टिकट वितरण गरेको छ । आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये ९१ निर्वाचन क्षेत्रमा टिकट बाँडिएको हो । कांग्रेसबाट टिकट लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने नेताहरूमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, नेता डा. शेखर…