मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

पार्टी र नेतृत्वको संरक्षण गर्नु सबैको कर्तव्य : डा आरजु राणा

पार्टी र नेतृत्वको संरक्षण गर्नु सबैको कर्तव्य : डा आरजु राणा

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी र पार्टीका नेतृत्वको संरक्षण गर्नु सबै नेता तथा कार्यकर्ताहरूको कर्तव्य भएको बताएकी छन् ।

पार्टीको जारी केन्द्रीय समितिको बैठकमा नेत्री डा राणाले आफ्नै पार्टी र नेतृत्वको खुलारूपमा आलोचना नगर्न पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई सुझाव दिइन् । उनले पार्टीको सिद्धान्तको पछि लागेर अघि बढेमात्रै नेपाली कांग्रेस पार्टी सफल हुने र त्यसपछि मुलुकको राजनीति र कांग्रेसका नेताहरू सफल हुने धारणा राखिन् ।

पार्टीले महिला र दलितलाई उचित स्थान नदिएको उनको गुनासो थियो । “निर्वाचन आयोगले महिलालाई ३३ प्रतिशत उठाउनै पर्छ भनेको छ, हाम्रो पार्टीको योजना के हो ?”, उनको प्रश्न थियो, “अन्तिममा टर्च बालेर महिला खोज्ने हो कि अहिलेदेखि नै काम गर्ने हो ।”

उनले राजनीति गर्ने र सरकार चलाउनेबीच खाडल रहेको भन्दै त्यसमा पनि कांग्रेसले ध्यान दिन जरुरी रहेको बताए । “पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा म उहाँको पत्नीका रूपमा चार÷पाँच ठाउँमा पुगेकी छु”, उनले भनिन्, “हाम्रा मन्त्रीहरू सरकार सञ्चालनको तयारी अवस्थामै हुनुहुन्न, उहाँहरूले सिक्दासिक्दै मन्त्री पद गइसक्छ । त्यसैले यस विषयलाई घोषणापत्रमै उल्लेख गरेर अघि बढ्नुपर्छ ।”

नेत्री राणाले मुलुकमा कसरी शासन सञ्चालन भइरहेको छ भन्ने विषयमा प्रशिक्षण सञ्चालन गर्न आग्रहसमेत गरिन् । निर्वाचन जितेर आउने तर शासन गर्न नजान्दा नेताहरू असफल हुने गरेको उनको टिप्पणी थियो । उनले सामाजिक सञ्जाल र पछिल्लो समय विकास भएको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को बारे पनि जानकारी लिन आवश्यक रहेको बताइन् । पार्टीका नेताहरू नै आफूहरू फिल्डमा जाँदा एउटा कुरा भन्ने र काम अर्कै भइरहेको भन्दै नेत्री राणाले यसबीच सन्तुलन आवश्यक रहेको बताइन् ।

पार्टीले सदस्यको सङ्ख्या मात्रै बढाएर नहुने भन्दै उनले सङ्ख्याले सबै अर्थ नराख्ने बताइन् । “मलाई यस्तो जिल्ला र वडाहरू थाहा छ, जहाँ क्रियाशील सदस्यभन्दा कम भोट आएको छ”, उनले भनिन्, “सदस्यता लिनका लागि पहिले आवेदन लिने र त्यसपछि प्रशिक्षण दिनुपर्छ, राजनीति किन गर्न लागेको जानकारी हुनुपर्छ ।”

डा राणाले कांग्रेसले आफ्नो परराष्ट्र नीतिमा पुनरावलोकन गर्नुपर्ने हो कि भनेर सोच्नुपर्ने सुझाव पनि दिइन् । विश्वभर धुव्रीकरण भइरहेको भन्दै यसमा ध्यान दिन उनले सुझाव दिइन् । “परराष्ट्र नीतिमा हामी पहिलेकै ठाउँमा छौँ कि यताउता भएका छौँ ? यस विषयमा स्पष्ट हुनुपर्छ”, उनले भनिन्, “अहिले विश्व नै ध्रुवीकरण भएको समयमा मुलुकलाई असंलग्न नीतिमा कसरी राखिराख्ने हो त्यसमा ध्यान दिनु जरुरी छ”, उनको भनाइ थियो ।