मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सुरक्षाकर्मीले अध्ययन र बुझाइको धारणालाई बृहत् बनाउनुपर्छ : महानिरीक्षक कुँवर

सुरक्षाकर्मीले अध्ययन र बुझाइको धारणालाई बृहत् बनाउनुपर्छ : महानिरीक्षक कुँवर

हिमालय खबर

शेयर गर्नुहोस:

135
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सुरक्षाकर्मीले अध्ययन र बुझाइको धारणालाई बृहत् बनाउन जरुरी रहेको बताएका छन् ।

नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीद्वारा लिखित ‘नेपालमा प्रहरीको सुदृढीकरण, मानव सुरक्षा सूचित दृष्टिकोण, अवधारणा र प्रभाव’ विषयक पुस्तकको शुक्रबार विमोचन गर्दै उनले प्रहरीले आफ्नो अध्ययन र बुझाइको दायरालाई बृहत् बनाउन जरुरी रहेको बताएका हुन् ।

“सुरक्षा जस्तो संवेदनशील सेवामा काम गर्नुपर्ने भएकोले प्रहरीले कानुन, समाज र परिवर्तनका नियमलाई बुझ्नुपर्छ र त्यसका लागि आफ्नो अध्ययन र बुझाइको धारणालाई बृहत् बनाउन जरूरी छ”, उनले भने ।

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवामा रहँदारहँदै बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा समेत योगदानका लागि समय निकाल्न सफल प्रहरी वरिष्ठ उपरीक्षक डा केसीको समर्पण र लगाव अनुकरणीय रहेको उल्लेख गरे ।

जनमानसको परम्परागत बुझाइमा प्रहरी भनेको फिल्डमा ढाल, डण्डा, लठ्ठी र बन्दुक बोकेर खटिने भए पनि यस पुस्तकले आम नागरिकमा व्याप्त रहेको सो धारणा चिर्न केही हदसम्म सफल हुने उनले बताए । उक्त पुस्तक नेपाल प्रहरीलगायत देशविदेशका अन्य सुरक्षा निकायका लागि पनि महत्त्वपूर्ण दस्तावेजको रूपमा रहने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली सेनाका अवकासप्राप्त रथी बालानन्द शर्माले नेपाल प्रहरीले गर्ने कामलाई पुस्तकमा नयाँ ढङ्गले प्रस्तुत गरिएको बताए । उक्त पुस्तक नेपाल प्रहरीलाई मात्र नभई विश्वका अन्य देशका प्रहरीलाई पनि मार्गदर्शन बन्ने उनको धारणा थियो ।

शान्ति र विवाद अध्ययन केन्द्र कम्बोडियाका अध्यक्ष डा एम्मा लेस्लीले पुस्तक सुरक्षा निकायमा कार्यरतका साथै अनुसन्धानमा संलग्नलाई विशेष उपयोगी हुने बताए ।

कार्यक्रममा पुस्तकका लेखक प्रहरी वरिष्ठ उपरीक्षक डा केसीले पुस्तकको विषयवस्तु, शोधका लागि अपनाइएका उपायहरूलगायतका विषयमा संक्षिप्त प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकासप्राप्त प्रहरी महानिरीक्षकहरूलगायतको उपस्थिति रहेको थियो । रासस