चितवन । नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नं १ का लागि प्रतिनिधिसभा सदस्य पदका उमेदवार डा. विश्वनाथ पौडेलले पूर्वी चितवनको विकासका लागि आफू चुनावी मैदानमा आएको बताएका छन् । राष्ट्रिय योजना आयोगका निर्वतमान उपाध्यक्षसमेत रहेका उनले आफू निर्वाचित भएपछि पूर्वी चितवनमा विकास भित्र्याउने बताए । चुवानी अभियानअन्तर्गत रत्ननगर–१३, जयमंगलामा आयोजित कोणसभामा उनले भरतपुरमा सीमित रहेको…