मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

प्रजातन्त्र सेनानी नेपालको निधन

प्रजातन्त्र सेनानी नेपालको निधन


शेयर गर्नुहोस:

351
Shares

  • change font
  • change font
  • change font

मध्यविन्दु । प्रजातन्त्र सेनानी एवम् नेपाली कांग्रेस नवलपरासीका संस्थापक सभापति पूर्णचन्द्र नेपालको निधन भएको छ ।

उनको ८४ वर्षको उमेरमा सोमबार राति निधन भएको हो । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका-३ निवासी नेपाल २०३० देखि २०३४ सालसम्म नेपाली कांग्रेस नवलपरासीको जिल्ला सभापति भएका थियो ।

Advertisement
ADVERTISEMENT

प्रजातान्त्रिक आन्दोलनमा लागेर पटक-पटक जेल सजाय भोगेका उनी २००७ सालको क्रान्तिका योद्धा तथा जिल्लामा निष्ठावान् राजनीतिज्ञका रूपमा परिचित रहेका नेपाली कांग्रेस नवलपुरका उपसभापति चन्द्रबहादुर रानाले बताए ।

“२०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेपछि नेताहरूसँग भारत निर्वासनमा गई २०३० सालमा देश फर्किएर नेपाली कांग्रेसको सङ्गठन निर्माणमा जुटेका थियो”, उनले भने, “विसं २०३५ मा सङ्घसंस्था नियन्त्रण ऐनअन्तर्गत तत्कालीन पञ्चायती सरकारले उनलाई गिरफ्तार गरेर भैरहवा जिल्ला कारागारमा राखेको थियो ।” उनका एक छोरा, दुई छोरी र दुई श्रीमती छन् ।

नेपाली कांग्रेस नवलपुरले प्रजातन्त्र सेनानी नेपालको निधनको शोकमा पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने, तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने तथा १३ दिनसम्म जिल्लामा रहेका सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको जिल्ला सचिव होमराज रानाभाटले बताए ।

शेयर गर्नुहोस:

351
Shares