मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिइने

नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिइने

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच आज भेटवार्ता भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा रहेका महासचिव पोखरेलको आज सिपिसीका विदेश विभाग प्रमुख लिउ जियनचाओबीच बेइजिङमा भेटवार्ता भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

सो अवसरमा महासचिव पोखरेलले आफूहरु एक चीनको पक्षमा दृढ रहेको उल्लेख गर्दै चीनविरोधी गतिविधि नेपालको भूमिबाट हुन नदिने बताए ।

महासचिव पोखरेलले एमाले असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहेको बताए । उनले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी जिनपिङबीच भएका सहमति कार्यान्वयनको पक्षमा एमाले रहेको भनाइ राखे ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओले एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध घनिष्ठ र समुधुर रहेको उल्लेख गर्दै यस सम्बन्धलाई नयाँ उचाइमा लैजान चाहेको बताए ।

उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङ र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएका सहमति कार्यन्वयनका लागि अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाए । विदेश विभाग प्रमुख लिउ जियनचाओले चीन सधँै शान्ति, विकास र समृद्धिको पक्षमा रहँदै आएको स्पष्ट पारे ।