मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
राजनीति-समाज   

एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता नेम्वाङको निधन

एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता नेम्वाङको निधन


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद सुवासचन्द्र नेम्वाङ्गको निधन भएको छ ।

नेपाली समय अनुसार मंगलबार बिहान साँढे एक बजे हृदयघातबाट उहाँको निधन भएको हो । उहाँ गत संसदीय निर्वाचनमा इलामबाट निर्वाचित हुनुभएको थियो ।

बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको समाचारमा जनाइएको छ। अहिले एमाले अध्यक्ष केपी ओली लगायतका नेताहरु अस्पताल पुगेका छन्।

दुइ पटक सम्म संबिधान सभाका अध्यक्ष, सभामुख भएर काम गरिसक्नुभएका नेम्वाङ्ग २०५१ सालमा मनमोहन अधिकारीको सरकारमा कानुन मन्त्री हुनुहुन्थ्यो । उहाँ ७१ वर्षको हुनुहुन्थ्यो ।

फोटो साभार : मात्रिका पौडेलको फेसबुकबाट