छ जना डिआइजी एआइजीमा बढुवा

काठमाडौँ । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फका छ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार वैशाख ११ गतेदेखि लागू हुने गरी उनीहरूलाई बढुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयबाट प्राप्त पत्रअनुसार बढुवा भएकाहरूको आजै पदस्थापन गरिएको जनाएको छ ,…