मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

‘सामाजिक सञ्जालमा भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु पर्दैन’

‘सामाजिक सञ्जालमा भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु पर्दैन’


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘सामाजिक सञ्जालबाट भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु नपर्ने बताएका छन् ।

भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेर उनले त्यहाँ कार्यरत प्रहरी कर्मचारीलाई कानुनविपरीत गतिविधि गर्ने जोसुकैलाई कारबाहीको दायरामा ल्याउन उच्च अधिकारी वा निकायको आदेशको प्रतीक्षा गर्नु नपर्ने बताए ।

Advertisement

गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गर्न साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत हुनसक्ने अमर्यादित तथा कानुनले वर्जित गरेका तथ्यहीन र भ्रामक समाचार तथा सूचनाको सूक्ष्म ढङ्गले अनुगमन गर्न निर्देशन दिए ।

साथै, उनले मिथ्या सूचना प्रवाह गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए । निर्वाचनलाई दृष्टिगत गरी ब्युरोलाई अझ सक्रिय हुन गृहमन्त्रीले आग्रह गरे ।

शेयर गर्नुहोस:

54
Shares