धनुषा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको महाधिवेशन पार्टी विधान र नेपालको संविधानमा भएको प्रावधानअनुसार हुने बताएका छन् । नेपाली कांग्रेस धनुषाले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीभित्र सबैलाई समेटेर विधानअनुसार नै महाधिवेशन हुने स्पष्ट पारे । “विधि र नियमअनुसार परिस्थिति हेरेर पार्टीको महाधिवेशन हुन्छ । सबैलाई मिलाएर महाधिवेशन हुनेमा सबै विश्वस्त छौँ”,…