मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

पार्टीका नेता कार्यकर्तालाई निर्वाचन क्षेत्रमा खटिन सभापति थापाको आग्रह

पार्टीका नेता कार्यकर्तालाई निर्वाचन क्षेत्रमा खटिन सभापति थापाको आग्रह


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा कार्यकर्तालाई आआफ्नो निर्वाचन क्षेत्रमा खटिन आग्रह गरेका छन् ।

सर्लाही क्षेत्र नं ४ का मतदातासँग भएको अन्तर्क्रियामा उनले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

Advertisement

सभापति थापाले मधेसको मुद्दालाई संसदमा फरक ढङ्गले उठान गर्न आफूले सर्लाहीबाट उम्मेदवार बनेको बताए । उनले त्यहाँबाट प्रतिनिधित्व गर्दा अब मधेस र सर्लाहीका मुद्दा सङ्घीय संसद् र सिंहदरबारमा नयाँ तरिकाले उठाउने प्रतिबद्धतासमेत जनाए ।

सभापति थापाले आगामी पाँच वर्ष मधेसका मुद्दा संसदमा उठ्ने तरिका र निर्णय प्रक्रिया अघिल्ला वर्षभन्दा भिन्न हुने भन्दै सर्लाही–४ का मतदातालाई पछुतो हुने अवस्था आउन नदिने धारणा राखे । उनले आफ्नो उम्मेदवार बलियो छ भनेर अरूलाई कमजोर आँकलन नगर्न सबैलाई सचेत गराए ।

सभापति थापाले आफूले जोखिमका साथ नयाँ क्षेत्र रोजेकाले चुनाव जित्न सबैको मेहनत आवश्यक रहेको उल्लेख गर्दै मतदाता र कार्यकर्तालाई विश्वास, माया र भरोसाका साथ अभियानमा लाग्न आग्रह गरे ।

“पार्टीभित्र सजिलो बाटो छोडेर अफ्ठ्यारो बाटो रोजेर आएको छु । मलाईसमेत पार्टीबाट पाँच वर्षका लागि निष्कासन गरियो तर विशेष महाधिवेशनमा पार्टी कार्यकर्ताले दिएको साथले नै पार्टीभित्रै रहन सफल भएको हो”, उनले भने, “निर्वाचनका हकमा पनि जोखिम उठाएको छु । काठमाडौँको क्षेत्र नं ४ को सहजता छोडेर मधेस आएको छु, यो जोखिम पनि सबैको साथले पूरा हुनेछ भन्ने विश्वास छ।”

सभापति थापाले काठमाडौँ क्षेत्र नं ४ बाट तीनपटक निर्वाचित गराउने मतदाताप्रति आफू ऋणी रहेको र यहाँको सेवामा पनि सधैँ समर्पित रहने बताए ।

शेयर गर्नुहोस:

81
Shares