गठबन्धन सरकार परिस्थितिको उपज हो : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई संकटबाट जोगाउन नेपाली कांग्रेस र नेकपा (एमाले)को सरकार बनेको बताएका छन् । उनले यो सरकार तत्कालीन परिस्थितिको उपज भएको समेत बताए । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले आर्थिक उन्नयनलगायत राष्ट्र निर्माणका गतिविधि शून्यप्रायः भएपछि गठबन्धन सरकार बनेको बताएका हुन् ।…